दार्जिलिङमा रेल दुर्घटना हुँदा ८ जनाको मृत्यु

spa1
Nisharg hospital

एजेन्सी । भारतको दार्जिलिङमा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अरू ५० जनाभन्दा धेरै घाइते भएका छन् ।

kailali model
swostik

कोलकाताको सियालदहतर्फ गुडिरहेको कञ्चनजङ्घा एक्सप्रेस र न्यु जलपाईगुडीतिर गुड्दै गरेको मालवाहक रेल आज बिहान साढे ९ बजे पश्चिम बङ्गाल राज्यमा पर्ने न्यु जलपाईगुडी छेउमा ठोक्किएका दार्जिलिङ जिल्लाका निमित्त प्रहरी प्रमुख अभिशेख रायले जानकारी दिए ।

adv khaptad

रेलका तीन वटा डब्बा लिगबाट बाहिरिएका समाचार संस्था एएफपीले जनाएको छ ।

रेल मन्त्री अश्वनी वैष्णवले दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई १०र१० लाख, गम्भीर घाइतेहरूलाई जनही साढे २ लाख र घाइतेहरूलाई जनही ५० हजार भारतीय रुपैयाँ दिने घोषणा र पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल एक्समा दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रमा भएको रेल दुर्घटनाबाट स्तब्ध भएको उल्लेख गरेका छन् ।

घटनाको अनुसन्धान भइरहेकोले थप विवरण अनुसन्धानपछि आउने प्रहरीले बताएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...