धनगढीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Nisharg hospital

७ असोज, धनगढी । धनगढीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

swostik

धनगढी उप–महानगरपालिका–१६ स्थित उल्टा पानि भन्ने नालामा घोराहीतर्फ जादै गरेको से १ त ३५०३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक सोही ठाउँमा ४३ वर्षीय हरीप्रसाद चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए । ट्रयाक्टर आफै अनियन्त्रीत भएर नालामा पल्टिएको उनको भनाई छ ।

मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...