काठमाडौं । युरो २०२४ को तेस्रो क्वाटरफाइनलमा इंग्ल्यान्डले स्विट्जरल्यान्डको सामना गर्दै छ ।
जहाँ स्विट्जरल्यान्ड लयमा देखिएको छ, इंग्ल्यान्डले राम्रो गर्न सकेको छैन् र उसको आलोचना भइरहेको छ । यस खेल जोडिएका तथ्यांक यस प्रकार छन् :
– इंग्ल्यान्डका लागि यो प्रशिक्षक गेराथ साउथगेटको १०० औं खेल हुनेछ । यो खेलपछि इंग्ल्यान्डसँगको अनुबन्ध सकिंदैछ ।
– साउथगेटको नेतृत्वमा इंग्ल्यान्ड ठूलो प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेल्दैछ । यसअघिका तीन क्वाटरफाइनलमध्ये इंग्ल्यान्ड दुईमा विजयी रहेको थियो ।
– अन्तिम १६ को खेलमा इंग्ल्यान्ड स्लोभाकियाविरुद्ध पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने स्थितिमा पुगेको थियो । खेलको केही अन्तिम सेकेन्डमा जुड बेलिङघमले गोल गरे र इंग्ल्यान्डको उद्धार गरे ।
– इंग्ल्यान्डले आफ्नो देशको संसदीय चुनाव सकेको दुई दिनपछि खेल्दैछ ।
– स्विट्जरल्यान्डले अन्तिम १६ को खेलमा इटालीलाई हराएको थियो र उसका प्रशिक्षक मुराट याकिनलाई कुशल रणनीतिकार भन्न सुरु भएको छ ।
– स्विट्जरल्यान्डले इंग्ल्यान्डलाई नहराएको ४३ वर्ष भइसकेको छ । दुई टिमबीचको पछिल्लो खेलमा इंग्ल्यान्डले स्विट्जरल्यान्डलाई २–१ ले हराएको थियो ।– स्विट्जरल्यान्डले आफ्नो इतिहासमा तेस्र पटक मात्रै ठुलो प्रतियोगिताको क्वाटरफाइनल खेल्दैछ । स्वीस टिम अहिलेसम्म कुनै पनि प्रतियोगिताको सेमिफाइनल पुगेको छैन् ।।