पाकिस्ताका प्रधानमन्त्री शहबाज सरिफले गरे भारतसँग शान्तिको आह्वान

Nisharg hospital
Airth Mantralaye

८असोज, पाकिस्तान । पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले संयुक्त राष्ट्रसंघ महासभामा कश्मीरको मुद्दा उठाउँदै भारतसँग आफ्नो देशले शान्ति स्थापनाको र शान्तिपूर्ण व्यवहारको अपेक्षा गरेका छन् ।

pradesh helath nirdesanalaye
gauriganga

‘हामी भारतलगायत हाम्रा सबै छिमेकीहरूसँग शान्ति खोज्छौँ, दक्षिण एसियामा दिगो शान्ति र स्थिरता चाहेका छौँ तथापि यो कार्य भने जम्मु र कश्मीर विवादको न्यायपूर्ण र दिगो समाधानमा निर्भर रहन्छ’ सरिफले भने । भारत कश्मीरका सम्बन्धमा पुरानो केन्द्र शासित क्षेत्र भारतको अभिन्न अङ्ग हो भन्ने आफ्नो लामो समयदेखि अडानमा अडिग रहेको छ ।

Dhangadhi bidhut

भारतले रचनात्मक संलग्नताको लागि सक्षम वातावरण सिर्जना गर्न विश्वसनीय कदमहरू चाल्नै पर्छ । हामी छिमेकी हौं र हामी सधैंभरि त्यहाँ छौं, हामी शान्तिमा बस्ने कि एकअर्कासँग लडिरहने भन्ने छनोट हाम्रो हो,’ पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले महासभामा भनेका छन् ।

‘सन् १९४७ यता हामीले तीनवटा युद्ध गरिसकेका छौँ र त्यसको फलस्वरूप दुवै पक्षमा दुःख, गरिबी र बेरोजगारी मात्र बढेको छ । अब हाम्रा मतभेद, समस्या र तिनको शान्तिपूर्ण वार्ता र छलफलबाट समाधान गर्ने जिम्मा पनि हाम्रै हो ।
संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७७ औँ महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री शेहबाज शरीफले देशमा भर्खरै आएको विनाशकारी बाढी र त्यसले पारेको असरका बारेमा पनि सम्बोधन गरेका छन् ।

‘यो बाढीमा ४०० भन्दा बढी बालबालिका सहित १५०० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ । बाढीका कारण थुप्रै कुपोषणको जोखिममा छन् । पाकिस्तानमा बाढीका कारण एक करोड ८० लाख अमेरिकी डलर बराबरको नोक्सानी भएको छ भने प्रकोपबाट झण्डै ८० लाख मानिसहरु विस्थापित भएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...