धनगढी । कैलालीमा फेसबुकमा फेक आइडीको भर पर्दा एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । जिल्लाको गोदावरी नगरपालिका–३ की १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।
प्रहरीकाअनुसार फेक फेसबुक आइडी बनाएर किशोरीसँग कुराकानी गर्दै जंगल लगेर बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका–१० का पदम थापालाई पक्राउ गरिएको छ ।
थापाले ९ साउनको राति किशोरीलाई घर बाहिर भेट्न बोलाएका थिए । उनलाई थापाले मोटरसाइकलमा राखेर राति साढे १ बजेको समयमा गोदावरीकै मालाखेती जंगलमा लगेर अन्य चार जना साथिहरुलाई बोलाएर बोलाएका थिए ।
उनीहरुले सामूहिक बलात्कार गरेपछि राति नै घरमा पुगाएका थिए । किशोरीले आफूमाथि सामूहिक बलात्कार थापासहितका युवालाई चिनेकी थिइनन् ।
उनले प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका क्रममा किशोरीलाई फेक आइडीबाट कुरा गर्ने व्यक्ति थापा भएको खुलेपछि पक्राउ परेका थिए ।
थापालाई इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखिएको छ । बलात्कारमा संलग्न अन्य युवाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।