बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

cp new add
Nisharg hospital

दाङ । बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

Telecome

मृत्यु हुनेमा दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र २४ वर्षीय सन्तोष भुसाल छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीका अनुसार मृतक ओली बसका यात्रु हुन् भने भुसाल बसका सहचालक हुन् ।आज दिउँसो नेपालगञ्ज–कोहलपुर सडकखण्डको गनापुर भन्ने स्थानमा भे १ ख २१२८ नम्बरको बस आफैं अनियन्त्रित भई पल्टिएको थियो । उक्त बस दाङ तुलसीपुरबाट नेपालगञ्ज जाँदै थियो ।बस पल्टिँदा गुडिरहेको एउटा मोटरसाइकलमा पनि ठोक्किएको थियो ।

सो दुर्घटनामा २६ जना भएका छन् । घाइतेहरुको उपचार नेपालगञ्ज र कोहलपुरका अस्पतालमा भइरहेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...