कञ्चनपुरमा वडाध्यक्षमाथि हातपात गर्ने पत्रकार कुँवर थप ३ दिन प्रहरी हिरासतमै रहने

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रविन्द्र देवकोटामाथि सार्वजनिक कार्यक्रममा हातपात र दुव्र्यवहार गरेपछि पक्राउ परेकी पत्रकार ऐश्वर्या कुँवर थप तीन प्रहरी हिरासतमै रहने भएकी छन् ।

Telecome

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतकाअनुसार शुक्रबार अदालतबाट अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको हो । उनकाअनुसार यसअघि अदालतले कुँवरमाथि अनुसन्धानका लागि पाँच दिनको समय दिएको थियो ।

तर, अनुसन्धान नसकिएपछि प्रहरीले थप समय मागेको थियो । भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष देवकोटालाई महेन्द्रनगरस्थित एक होटलमा सार्वजनिक कार्यक्रममा रिर्पोटिङ गर्न पुगेकी कुँवरले हातपात गरेकी थिइन् ।

आपसी भनाभनका क्रममा कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको सार्वजनिक भिडियोमा प्रष्ट देखिएको छ । उनलाई तत्कालै वडा प्रहरी कार्यालयको टोलीले घटनास्थलबाट नियन्त्रणमा लिएको थियो ।

कुुँवरले आफ्नो फेसबुकमा भिडियो शेयर गर्दै वडाध्यक्षले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...