
धनगढी । लामो समयदेखि वर्षा नहुँदा खानेपानीको समस्या चर्किएपछि धनगढी उपमहानगरपालिका–७ को शिविर क्षेत्रमा उपमहानगरपालिकाले खानेपानी वितरण गरेको छ।

वडा नम्बर ७ का विभिन्न स्थानमा रहेका धारा तथा नल सुकेपछि स्थानीयवासी दैनिक उपभोगका लागि आवश्यक पानीबाट वञ्चित हुँदै आएका थिए। समस्या बढ्दै गएपछि उपमहानगरपालिकाले पानी बोक्ने साधनमार्फत प्रभावित क्षेत्रमा खानेपानी उपलब्ध गराएको जनाएको छ।
उपमहानगरपालिकाका अनुसार शिविर क्षेत्रमा दैनिक प्रयोगका लागि आवश्यक पर्ने खानेपानी वितरण गरिएको हो। पानी वितरणपछि स्थानीयवासीले केही राहत महसुस गरेका छन्।
उपमहानगरपालिकाले लामो समयसम्म वर्षा नहुँदा खानेपानीको अभाव देखिएका अन्य क्षेत्रको अवस्थासमेत अनुगमन गरिरहेको जनाएको छ। आवश्यकता अनुसार त्यस्ता क्षेत्रमा पनि खानेपानी वितरणलाई निरन्तरता दिइने उपमहानगरपालिकाले जनाएको छ।

