रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्दै

cp new add
Nisharg hospital

११ असोज , काठमाडौँ । विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन् ।

राप्रपाले उनलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन लागेको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मिश्रसहित केही नेताहरू राप्रपामा आउन बुधबार कार्यक्रम राखिएको जानकारी दिए ।

‘राप्रपा र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण पक्षधर समूहका बीच बुधबार एकता घोषणा सभा हुँदैछ,’ उनले भने, ‘राष्ट्रिय सभागृह भृकुटीमण्डपमा बुधबार दिउँसो १२ः३० मा कार्यक्रम हुनेछ ।’

मिश्रले गत वैशाखको स्थानीय चुनावपछि विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका थिए ।
उनले सोमबार बेलुकी पार्टीको साधारण सदस्यबाटसमेत राजीनामा दिएका थिए ।

मिश्रले विवेकशील साझाका केही नेताहरूलाई पनि राप्रपामा प्रवेश गराउने तयारी छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...