कांग्रेसका प्रवक्ता डा. महतले भने शेखर समूहको गतिविधिलाई नजिकबाट हेरिरहेको छौं

Nisharg hospital

११ असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले डा. शेखर कोइराला समूहको गतिविधिलाई नजिकबाट हेरिरहेको बताएका छन् ।

Dhanagdhi

मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा डा. महतले समानुपातिक पद्धतिको बन्दसूची सहमतिबाटै तयार पारिएको दाबी गरे । कुनै एउटा पक्षलाई पक्षपोषण गर्ने गरी सूची नबनेको भन्दै उनले अहिले भइरहेको विरोध अनावश्यक र पार्टीको हितमा नरहेको समेत बताए ।

Aishwya

उनले भने, ‘पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय बोर्डका सदस्यहरु समावेश भएर सहमतिबाट त्यो सूची पेश गरिएको छ । त्यहाँ कतिपय त्रुटिहरु छन् । तर एउटा पक्षलाई पक्षपोषण गरेर अर्कोलाई कमजोर गर्ने केही भएको छैन ।

यो विषयलाई उठाएर एकलौटी गरियो, छलफल भएन भन्नेमा सत्यता छैन ।’
शेखर समूहका नेताहरुले गरिरहेको विरोधतर्फ संकेत गर्दै उनले यो उपयुक्त नभएको बताए । उनले भने, ‘यो पार्टी अनुशासनको कुरा होइन ।’

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...