बालुवाटारले बमलाई भन्योः प्रदेशसभा सदस्यको तयारी गर्नु, प्रतिनिधिसभामा बलायर लड्छन्

cp new add
Nisharg hospital
Ban Mantralye

१२ असोज, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिसमा परेका नेपाली कांग्रेसका नेता प्रकाशबहादुर बम प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् ।

बालुवाटारले पार्टीका सुदूरपश्चिम समितिका सभापति बिरबहादुर बलायरलाई कैलाली–४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएर डोटीमा समाजवादीका प्रेमबहादुर आलेलाई लडाउने भएपछि बमलाई प्रदेशमा लडाउने भएको हो ।

tourism

मंगलबार पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर कैलाली फर्किएका बमले आफूलाई प्रदेशसभा सदस्यको निर्वाचनको तयारी गर्न निर्देशन दिइएको खुलाएका छन् ।

‘त्यहाँबाट प्रतिनिधिसभामा बिरबहादुर बलायर लड्नुहुन्छ । तपाई प्रदेशसभा ख का लागि तयारी गर्नुस् भनेर प्रस्ताव गरिएको छ,’ बमले प्रेसपत्रसँग भने, ‘अब सोहीअनुसार तयारीमा लाग्ने सोच बनाएको छु ।’

सत्तारुढ गठबन्धनलाई कायम राख्न शेरबहादुर देउवाले बलायरलाई कैलाली–४ बाट उम्मेदवार बनाउने भएका हुन् । सोही कारण अहिले उनी अन्य आकांक्षी नेताहरुलाई व्यवस्थापन गर्न लागेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...