प्रधानमन्त्री बालेनलाई भ्रमण गराउन चीनले थाल्यो पहल

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०को भारत भ्रमणको अन्तिम तयारीमा रहेका बेला चीनले पनि भ्रमणका लागि पहल सुरु गरेको छ ।

बालेन प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै चीनले पनि भ्रमणका लागि निम्तो दिएको थियो । त्यतिबेला प्रधानमन्त्री शाहले एक वर्षसम्म कुनै पनि देशको भ्रमण नगर्ने बताएका थिए । त्यसपछि भ्रमणको तयारी स्थगित भएको थियो । अहिले चीनले प्रधानमन्त्री शाहलाई भ्रमण गराउन पहल थालेको छ ।

त्यसका लागि चिनियाँ राजदूत झाङ माओमिङ नेपालमा सक्रिय भएर लागेका छन् । उनले यस विषयमा अर्थमन्त्री डा।स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर तथा प्रधानमन्त्री कार्यालयसँग छलफल चलाई सकेका छन् । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार चीनले प्रधानमन्त्री बालेनलाई छिट्टै भ्रमण गराउन चाहेको छ त्यसका लागि परराष्ट्र मन्त्रालयसँग पनि छलफल भएको छ ।

परराष्ट्र मन्त्रालय सामान्य तयारी पनि थालिसकेको छ । राजदूत माओमिङ मंसिर ३ गते परराष्ट्रमन्त्री खनालसँग भेट गरेका थिए । त्यसपछि उनले अर्थमन्त्री वाग्लेसँग भेट गरेका थिए । दुवै भेटमा उनले भ्रमणका लागि प्रस्ताव गरेको स्रोतले जनाएको छ । चीनको मुख्य विषय बीआरआइ हो । अहिलेको वर्तमान सरकारले बीआरआइको बारेमा कुनै छलफल गरिरहेको छैन । चीनले यसको लागि पटक पटक चासो लिइरहेको छ । सरकार गठन भए लगतै चीनले विभिन्न माध्यमबाट बीआरआइ कार्यान्वयनका लागि पहल थालेको थियो तर सरकारले खासै चासो लिएको छैन ।

त्यसका लागि चीनले उच्च स्तरीय भ्रमणहरू गराउन चाहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मन्त्रीहरूले चीनको भ्रमण गरिसकेका छन् । अहिले २० जना सांसद चीन भ्रमणमा छन् । रास्वपाका सभापति रवि लामिछानेलाई पनि चीनको भ्रमण गराउन चाहेको थियो । त्यसको तयारी पनि थालिसकेको थियो । लगभग मिति नै तय भइसेको थियो ।

औपचारिक मिति घोषणा गर्न बाँकी थियो । तर अचानक उनको भ्रमण स्थगित भएको थियो । अब चीनले प्रधानमन्त्री बालेनलाई नै भ्रमण गराउन चाहेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...