शेखर पक्षका नेताहरु कांग्रेस कार्यालयमा धर्ना

Nisharg hospital
Airth Mantralaye

१२ असोज, काठमाडौं । टिकट वितरणमा अन्याय भएको भन्दै नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्ष पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन् । पार्टी कार्यालय अगाडि मौन धर्नामा बसेका उनीहरुले एक घण्टासम्म बस्ने बताएका छन् ।

pradesh helath nirdesanalaye
gauriganga

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारमा सिफारिस भएका र उम्मेदवार बन्न आकांक्षा राखेका नेताहरु धर्नामा बसेका छन् ।

Dhangadhi bidhut

धर्नामा शेखर कोइराला र उनका पक्षका शीर्ष नेताहरु भने सहभागी छैनन् । सभापति शेरबहादुर देउवा पक्षले टिकट वितरणमा अन्याय गरेको भन्दै शेखर पक्ष आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले आफूहरुको धर्ना समान अवसर र न्यायका निम्ति रहेको बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...