नेपाल बुद्धिजीवी परिषद् सुदूरपश्चिमको अध्यक्षमा भट्ट सर्वसम्मत

Nisharg hospital

१२ असोज, धनगढी । नेपाल बुद्धिजीवी परिषद् सुदूरपश्चिमको अध्यक्षमा रघुविर भट्ट सर्वसम्मत भएका छन् । मंगलबार धनगढीमा सम्पन्न भएको बुद्धिजीवी परिषद्को प्रथम अधिवेशनबाट भट्टको अध्यक्षतामा प्रदेश समिति सर्वसम्मत चयन गरिएको हो ।

Dhangadhi suchana

परिषद्को उपाध्यक्षमा पुष्पराज जोशी, सचिवमा दिपक थापा, उपसचिवमा मदनसिंह कार्की र रामबहादुर बोहरा, कोषाध्यक्षमा यमबहादुर पौडेल चयन भएका छन् ।

सदस्यमा कर्णबहादुर धामी, टिकाराम जैसी, कृष्णबहादुर सोडारी, कुम्भबहादुर विष्ट, केशवराज बिष्ट, धर्मराज उपाध्याय, नारायण भण्डारी, मनराज यादव, खडकबहादुर विष्ट, शेरबहादुर ओली, लिलाराज शाही, रामबहादुर बोहरा लगायतका चयन भएका छन् ।

केन्द्रीय महासचिव गजेन्द्र थपलियाको प्रमुख आथित्यतामा भएको अधिवेशनबाट ३७ सदस्यीय नयाँ समिति चयन गरेको नेपाल बुद्धिजीवी परिषद्ले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...