कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

cp new add
Nisharg hospital

१४ असोज, धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

Nast Ad

लम्कीचुहा नगरपालिका–७ को हरैया पुलस्थित भित्रि सडकखण्डमा प्रदेश २ ०२००३ प ७६७९ नम्बरको मोटरसाइकल दुर्घटनामा सोही ठाउँका ३२ वर्षीय विवेक महतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार चालक ३६ वर्षीय सुनिल कुश्मी भने समान्य घाइते छन् । मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाई छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...