गगन थापाले पार्टी शुद्धीकरणका लागि विद्रोह गर्नुपर्ने अवस्था आएको बताए

Nisharg hospital

१४ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको शुद्धीकरणको लागि विद्रोह गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

swostik

आज बिहान काठमाडौंको चाबहिलमा आयोजित एक कार्यक्रममा थापाले पार्टी भित्र नयाँ संघर्षको बोध हुन लागेको बताए ।
आफ्नो लागि राजनीति गर्ने समय अब १० वर्षमात्र बाँकी रहेको भन्दै उनले कार्यकर्ताहरुलाई निराश नबनाउने बताएका छन् ।

अहिले पूरा प्रणाली नै चुनावदेखि चुनावका लागि भएको उनले बताए ।
युवाले रोजगारी पाउने नेपालको लागि मुख्य मुद्दा भएको भन्दै उनले नेपालमा उत्पादित वस्तुले बजार पाउने अवस्था बन्यो भने मात्रै १० वर्षमा १० लाखले रोजगारी पाउने बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...