धनगढी । कैलालीमा विवाहमा रमाइलो गर्ने क्रममा एक किशाेरमाथि कुटपिट भएकाे छ ।
घाेडाघाेडी नगरपालिका-७ का ओमबहादुर तिमलाकाे छाेराकाे विवाहमा रमाउने क्रममा १५ वर्षीय रमेश गाैतम(नाम परिवर्तन) माथि कुटपिट भएको प्रहरीले जनाएको छ ।
उनकाे धनगढीकाे निसर्ग अस्पतालमा उपचार भइरहेको छ । उनीमाथि कुटपिट गरेकाे आराेपमा प्रहरीले चार जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा घाेडघाेडी नगरपालिका -७ बस्ने २३ वर्षीय आकाश बिक, २९ वर्षीय माेहन बम, २२ वर्षीय तारेशु बाेहरा र २७ वर्षीय दुर्गा पुनामीमगर रहेकाे कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहराले बताए ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेकाे छ ।