
१४ असोज, मोरङ । मोरङको रंगेलीमा एक युवकको शव फेला परेको छ । मोरङको सुनवर्षी नगरपालिका–४ बटरबारी बस्ने ३२ वर्षीय अशोककुमार यादव धामीको शव शुक्रबार बिहान भेटिएको हो ।

उनी असोज १३ गते घरबाट काम गर्ने भनेर प्र नं १०२०४४ प ३२६१ नम्बरको मोटरसाइकलमा गएका थिए । भोलिपल्ट शुक्रवार बिहान मोटरसाइकल रङेली बटरवारी जाने भित्री सड्क खण्डको बाटोमा पार्किङ गरी राखेको अवस्थामा पाइएको छ ।
भने अन्दाजी १०/१२ मिटर दक्षिण बाटोमा कोल्टे परी मृत अवस्थामा शव फेला परेको मोरङ प्रहरीले जनाएको छ । अनुसन्धानका लागि कुकुर सहितको टोली खटिएको छ ।
