१४ असोज, धनगढी । कञ्चनपुरको शुक्लाफाँटानगरपालिका–८ मणिकाधाममा अवरुद्ध भएको दुई हप्तापछि विद्युत सेवा सुचारु भएको छ ।
गत भदौ ३१ गतेको अविरल वर्षापछि धारापानी नदीमा आएको बाढीले ट्रान्सफरमरसहित विजुलीका पोलहरु बगाएको थियो ।
सोही कारण अवरुद्ध भएको विद्युत सेवा बिहीबारबाट सुचारु भएको छ । नेपाल विद्युत प्राधिकरणको कार्यालय महेन्द्रनगरको सहयोग र वडा कार्यालयको सहकार्यमा विद्युत सेवा सुचारु गरिएको बताइएको छ ।