मंसिर ४ को चुनावलाई मध्यनजर गर्दै अछाममा कार्तिक ५ गतेभित्र हातहतियार बुझाउन सुचना प्रकाशित

Nisharg hospital

१४ असोज, धनगढी । जिल्ला प्रशासन कार्यालय अछामले आगामी कार्तिक ५ गतेभित्र इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन दिएको छ ।

कार्यालयले सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिभि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै हातहतियार बुझाउन सुचना प्रकाशित गरेको हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सृजना गर्नु अपरिहार्य रहेकाले कार्तिक ५ गतेभित्र जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी इकाइमा बुझाउन सूचनामार्फत भनिएको छ ।

बुझाइएका हातहतियार सुरक्षित राखिने र निर्वाचनपछि हतियार धनीलाई नै फिर्ता गरिने पनि सूचनामा उल्लेख गरिएको छ । त्यस्तै कसैले बिना इजाजतका भरुवा तथा एयर गन बन्दुक राखेको भए पनि स्वस्फूर्त रुपमा प्रहरी इकाइहरुमा बुझाउन जानकारि दिईएको छ ।

निर्धारित समयभित्र हातहतियार नबुझाएमा कानुन बमोजिम कारबाही गरिने समेत बताइएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...