
१५ असोज, धनगढी । धनगढीमा छाडा पशुचौपायासँग मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन् ।

मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत उपमहामनगरपालिका–१३ स्थित एयरपोर्ट चोकमा अत्तरियाबाट आउँदै गरेको सुपप्र ०१००८प ६७९३ नम्बरको मोटरसाइकल चौपायासँग ठोक्किदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका १२ बस्ने २७ वर्षीय घनश्याम उपाध्याय गम्भीर घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

उनको टाउकोमा गम्भीर चोट छ । मोटरसाइकलमा सवार बझाडको बुंगल नगरपालिका–८ बस्ने ३३ वर्षीय कृष्ण जाग्रीको घाइते छन् । उनीहरु दुवै जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
