
१५ असोज, धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ ।

अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको हो ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले सूचना जारी गर्दै हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेका छन् ।

उनले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।
