धनगढीमा पनि भित्र्याइयो फूलपाती

cp new add
Nisharg hospital
suchana
Nast new

१६ असोज, धनगढी । धनगढीमा विभिन्न सुरक्षा निकायहरुले फूलपाती भित्र्याएका छन् । धनगढीको वनदेवी र नैनादेवी मन्दिरबाट नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरीले फूलपाती भित्र्याएका हुन् ।
फूलपाती भित्र्याउने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरन थापासँगै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । फूलपातीको साइत बिहान १० बजेर ३ मिनेटमा रहेको थियो ।आज मुलुकमा रहेका सुरक्षा निकायहरुले विधिपूर्वक फूलपाती भित्र्याइएका छन् ।

आज दशैंको सातौ दिन देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइने चलन रहेको छ । देशभरी घटस्थापनादेखि पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।

आश्विन शुक्ल सप्तमी अर्थात फूलपातीका दिन फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...