श्रीमान्-श्रीमती मिलेर सहकारीको १४ करोड घोटाला

cp new add
Nisharg hospital

काठमाडौं । १४ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा काठमाडौंको चन्द्रागिरिमा रहेको विशेश्वर बचत तथा ऋण सहकारी संस्थाका ८ सञ्चालक समिति सदस्यविरुद्ध मुद्दा दायर भएको छ ।

Nast Ad

मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ अन्तगर्तको ठगी गर्न नहुने कसुरमा ८ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जसमध्ये एक जनालाई पक्राउ गरिएको छ भने बाँकी ७ जनालाई फरार प्रतिवादी बनाइएको छ ।

पक्राउ पर्नेमा सहकारीकी सचिव चन्द्रागिरि नगरपालिका–१० कि ४३ वर्षीया प्रभा महर्जन छिन् । सोही ठाउँकी सहकारी अध्यक्ष ४० वर्षीया मीना महर्जन, संस्थाका उपाध्यक्ष ४७ वर्षीय रामेश्वरराज घर्ती क्षेत्री, सहकारीका कोषाध्यक्ष ३० वर्षीय बल्लभ महर्जन, सञ्चालक समिति सदस्य ३० वर्षीय नसिब महर्जन, सञ्चालक समिति सदस्य २६ वर्षीय समिप महर्जन, अर्का सदस्य ५६ वर्षीय टंकनारायण श्रेष्ठ र सञ्चालन व्यवस्थापक ४२ वर्षीय रविनाथ महर्जनलाई फरार प्रतिवादी बनाइएको छ ।

चन्द्रागिरि–१० मा रहेको यो सहकारीले ९३ जना बचतकर्ताको १४ करोड ३१ लाख ९१ हजार २३८ रुपैयाँ अपचलन गरेको आरोप छ । यो सहकारीविरुद्ध ९३ जनाले ९ वटा छुट्टा छुट्टै जाहेरी दिएका थिए ।

प्रतिवादी बनाइएका मध्ये सहकारी अध्यक्ष मीना र सदस्य रविनाथ श्रीमान्–श्रीमती हुन् । उनीहरू दुवै जना फरार छन् । सहकारी सचिव (हाल पक्राउ) प्रभा भने रविनाथकी बुहारी (भाइकी श्रमती) हुन् । प्रभाले प्रहरीको बयानमा समेत जेठाजु रविनाथ र जेठानी मीना मिलेर ठगी गरेको खुलाएकी छिन् ।

उनीहरूले आफ्नो नागरिकता र फोटो राखी किर्ते हस्ताक्षर गरेर ठगी गरेकाले आफ्नो संलग्नता नरहेको भन्दै इन्कारी बयान दिएकी छिन् ।

‘मेरो नागरिकता र फोटो लगेर किर्ते हस्ताक्षर गरेर सञ्चालक समितिमा राखियो । यो कुरा पछि मात्रै मैले थाहा पाएँ । सहकारीको मुख्य भूमिकामा जेठाजु रविनाथ र जेठानी मीना रहेकाले ठगीबारे सबै उनीहरूलाई नै थाहा होला,’ प्रभाले बयानमा भनेकी छिन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...