
धनगढी । धनगढीका युवा सुरेश चुनाराले आमाकाे माया छात्रबासमा आश्रित बालकसँग जन्म दिन मनाएका छन् ।

धनगढी उपमहानगरपालिका-५ हसनपुरनिवासी चुनाराले शनिबार परेकाे जन्म दिन छात्रबासमा आश्रित अनाथ बालकसँग मनाएका हुन् ।
चुनाराले जन्म दिनमा अनावश्यक खर्च गर्नुभन्दा मानवीय कार्य अन्तरगत अनाथ बालकहरूलाई खाद्यान्न लगायतका सामाग्री प्रदान गरेको बताए ।

उनले अहिलेका युवाहरूले जन्म दिन मनाउने बाहानामा अनावश्यक खर्च गर्ने परिपाटी अन्त्य गर्न आग्रह समेत गरेका छन् ।
