


बझाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।



मष्टा गाउँपालिका–२ धनातोलीका ४० वर्षीय राजेन्द्र रोकायालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो।





इलाका प्रहरी कार्यालय मष्टाबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान उनको घर तलासी गर्दा एक थान भरुवा बन्दुक फेला पारेको थियो।

बन्दुकसहित पक्राउ परेका रोकायामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।






