press
po

कैलालीमा डीएसपी महराको कमान्डमा मालाखेती प्रहरी मुद्दा फर्छौटमा प्रदेशमै उत्कृष्ट

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

धनगढी । कैलालीका प्रहरी नायब उपरीक्षक(डीएसपी) हिरा सिंह महराले कमान्ड गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले मुद्दा फर्छौटमा उत्कृष्ट कार्य गरेको छ । इप्रका मालाखेतीले गम्भीर तथा जघन्य प्रकृतिका मुद्दा फर्छौटमा उत्कृष्ट कार्य गरेको नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरले जनाएको छ ।

sanjiwan
Nisharg

नेपाल प्रहरी प्रदेश कार्यालयकाअनुसार इप्रका मालाखेतीले चालु आर्थिक वर्षमा गम्भीर तथा जघन्य प्रकृतिका आठ समेत गरेर पेण्डिङ रहेका ११ मुद्दा फर्छौट गरि उत्कृष्ट कार्य गरेको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

HAMRO DAIRY

अनुगमन निरीक्षणका क्रममा मालाखेती प्रहरीले मुद्दा फर्छौटमा उत्कृष्ट कार्य गरेको भन्दै प्रदेश कार्यालयले मुद्दा चल्ने प्रदेशभरका सबै प्रहरी कार्यालयलाई पत्राचार गर्दै मालाखेतीले जस्तै कार्य गर्न निर्देशन दिएको छ । कार्यालय प्रमुख समेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दिपेन्द्र शाहीले मातहतका मुद्दा चल्ने सबै कार्यालयलाई परिपत्र गर्दै उक्त निर्देशन दिएका हुन् ।

डीएसपी महराले मालाखेतीको कमान्ड सम्हालेयता उत्कृष्ट कार्य सम्पादन भइरहेको हो भने मुद्दा पर्छौटको अवस्था उत्कृष्ट देखिएको हो । राजमार्ग तथा बजार क्षेत्र रहेको अत्तरियामा तुलनात्मक रुपमा अन्य ठाउँको भन्दा मुद्दाको चाप बढि हुने गरेको समेत प्रहरी अधिकारी बताउँछन् ।

 

Navjeen New Ad
Rastiye college
Loading...