press
po

अपी हिमाल बेसक्याम्प क्रिकेटको उपाधि धनगढी–११ लाई

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

समुद्री सतहबाट करिब ४ हजार मिटर उचाइमा रहेको अपी हिमाल बेसक्याम्पमा आयोजित मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता ‘अपी ट्रफी’को उपाधि धनगढी–११ ले जितेको छ।

sanjiwan
Nisharg

पिलकन्द मैदानमा सम्पन्न फाइनलमा धनगढी–११ ले आयोजक अपी–११ लाई ३३ रनले पराजित गर्दै उपाधि जितेको हो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

टस जितेर पहिले ब्याटिङ गरेको धनगढी–११ ले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको लक्ष्य पछ्याएको अपी–११ ले १५ ओभरमा ९ विकेट गुमाएर १०८ रन मात्रै बनाउन सक्यो।

HAMRO DAIRY

अपी–११ का लिलाधर रोकायाले २२ बलमा २८ रन बनाए भने प्रदीप धामीले १९ रनको योगदान दिए। धनगढी–११ का सुभोध तिवारीले ३ ओभरमा १० रन खर्चेर ४ विकेट लिए।

अपिहिमाल गाउँपालिकाले कात्तिक १७ देखि १९ गतेसम्म आयोजना गरेको प्रदेशस्तरीय ‘अपी हिमाल पर्यटन उत्सव–२०८३’ अन्तर्गत प्रतियोगिता सञ्चालन गरिएको थियो।

उच्च हिमाली क्षेत्रमा क्रिकेट प्रतियोगिता आयोजना गरेर अपी क्षेत्रको पर्यटकीय सम्भावना उजागर गर्नुका साथै सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...