एमाले मुलुकको ठूलो शक्ति भएको स्थानीय तहको चुनावले पुष्टि भयो : पोखरेल

cp new add
Nisharg hospital
Ban Mantralye

२२ असार, धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनले एमाले अहिले पनि मुलुकको सबभन्दा ठूलो शक्ति भएको कुरालाई पुष्टि गरेको दाबी गरेका छन् । एमालेलाई सिध्याउने उद्देश्यले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पाँच दलले गठबन्धन बनाएर अनेक खालका हतकण्डा अपनाएपनि जनताले असफल पारिदिएको टिप्पणी पनि गरे ।

नेकपा एमालेले धनगढीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा का द्दञज्ञर्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले भने, ‘प्राविधिक रुपमा हामीले अघिल्लो चुनावको भन्दा कम पालिकामा जितेका छौँ तर जनताले हामीलाई सबभन्दा बढि ३४ प्रतिशत मत दिएर एमाले नै ठूलो पार्टी हो भन्ने कुरा पुष्टि गरिदिएका छन् ।’

tourism

गठबन्धनबाट नेपाली कांग्रेसले बढि लाभ लिएको उल्लेख गरेको पोखरेलले कुल मतलाई आधार मान्दा देशभरबाट ३३ प्रतिशत मात्रै मत ल्याएकाले कांग्रेस अहिले पनि दोस्रो शक्ति भएको दाबी गरे । स्थानीय तहको चुनावले एमाले ठूलो शक्ति भएको मात्र नभइ देशबाट कसैले पनि परास्त गर्न नसक्ने कुरा समेत पुष्टि भएको उनको दाबी थियो ।

अहिले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले भर्खर नयाँ पार्टी भएकाले स्थानीय तहको नतिजा स्वभाविक भएको बताएको कुरालाई इंगित गर्दै उनले वामदेव गौतमले पार्टी विभाजनका बेला आम चुनावमा प्राप्त गरेका भन्दा कम मत ल्याउनु आफैमा लज्जास्पद भएको जनाए । वामदेव गौतमले तत्कालीन समयमा देशभरबाट ७ प्रतिशत मत प्राप्त गरेको स्मरण गर्दै उनले माधवको पार्टीले चार प्रतिशत मत ल्याएको बताउँदै नेपालको हैसियत जनताले देखाइदिएको बताएका छन् ।

मुुलुकलाई जातीय राज्यमा विभाजन गरेर क्षतविक्षेत पार्ने षड्यन्त्रलाई नेकपा एमालेले नै परास्त गरेको भन्दै उनले संविधान निर्माणका बेला त्यसको नेतृत्व अध्यक्ष केपी ओलीले गरेको बताए । तीनै शक्तिहरु अहिले पनि एमालेलाई सिध्याउन लागेको दाबी गर्दै पोखरेलले अब कुनै पनि हालतमा त्यो सम्भव नरहेको टिप्पणी गरेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...