कैलालीमा कर्मचारीको हत्या गर्न हतियारसहित नगरपालिका प्रवेश गरेका तीन जना पक्राउ !

Nisharg hospital

२३ असार, धनगढी । कैलालीमा नगरपालिकाले भुक्तानी नदिएको भन्दै हतियारसहित कार्यालयभित्र प्रवेश गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको घोडाघोडी नगरपालिकाको कार्यालयमा रिफ्रेन्स सेन्टर निर्माणको रकम भुक्तानी नदिएको भन्दै कर्मचारीलाई ज्यान मार्ने दिदै प्रवेश गरेका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

kailali udhog

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–२ का २६ वर्षीय रामप्रसाद चौलागाई, २८ वर्षीय भूपेन्द्र रावल र ३६ वर्षीय विरबहादुर बोहरा रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मणबहादुर शाहीले बताए । उनकाअनुसार उनीहरु राती करीब साढे ७ बजेतिर नगरसभा बैठक बसिरहेका बेला हतियारसहित भुक्तानी नदिने हाकिमलाई काटिदिन्छौँ भनेर कार्यालयमा प्रवेश गरेको थिए ।

पछि इलाका प्रहरी कार्यालयको टोली त्यहाँ पुगेपछि उनीहरु तीनै जना मोटरसाइकलमा भागेमा पिछा गर्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । डीएसपी शाहीले उनीहरुले बोकेको खुडा जस्तै देखिने मासु कटिङ गर्ने धारिलो हतियार एक थान नगरपालिका परिसर र एक थान उनीहरुको साथबाट बरामद गरिएको बताए । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घोडाघोडी नगरपालिकासँगको सम्झौताका आधारमा वडा नम्बर २ मा करीब २२ लाखको लगानीमा उनीहरुले रिफ्रेन्स सेन्टर निर्माण गरेपनि अहिलेसम्म भुक्तानी नभएका कारण प्रमुख प्रशासकीय अधिकृतलाई धम्की दिएको बुझिएको प्रहरीको भनाई छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...