कैलालीमा सेनाले शंकास्पद वस्तु डिस्पोज गर्दा आफ्नै बम भेटेपछि…

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कैलालीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले पड्काएको बमको खोका भएको खुलेको छ ।

शनिबार गोदावरी नगरपालिका–४ को काली खोलाको छेउमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शंकास्पद वस्तु भेटिएको सूचनापछि डिस्पोजका लागि नेपाली सेनाको देवीदल गण तेघरीलाई खबर गरेको थियो ।

देवीदल गणबाट आएको बम डिस्पोजल टोलीले उक्त वस्तु नेपाली सेनाले तालिमका क्रममा पड्काएको प्यारा बम नामक खाली खोका मात्र रहेको पाइएको जनाएको छ ।

उक्त खोका ६ महिना अघि तालिमका बेला पड्काएको बमको भएको खुलेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...