धनगढीमा अज्ञात समूहबाट दुई युवा कुटिए, टाउकोमा चोट

cp new add
Nisharg hospital

धनगढी । धनगढी उपमहानगरपालिका–३ स्थित मिलनचोक रोड हाउस क्याफे नजिक दुई जना कुटपिटबाट घाइते भएका छन्।

Nast Ad

मंगलबार राति साढे ९ बजे धनगढी–३ का ३८ वर्षीय सन्तोष श्रेष्ठ र ३१ वर्षीय सानु श्रेष्ठमाथि ३/४ जना अपरिचित व्यक्तिको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ।

कुटपिटबाट दुवै जनाको टाउकोमा चोट लागेको छ। उनीहरूको मायामेट्रो अस्पताल, धनगढीमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न व्यक्तिहरू फरार रहेका छन्। प्रहरी चौकी त्रिनगरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामसिंह बोहराको कमाण्डमा खटिएको टोलीले फरार व्यक्तिहरूको खोजतलास तथा अनुसन्धान गरिरहेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...