कैलालीमा लागूऔषधसहित एकैदिन ८ जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा लागूऔषधसहित एकैदिन ८ जनालाई पक्राउ गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट खैरो हेरोइन र चरेशसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Telecome

जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–१६ बाट १ ग्राम ६४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र एक थान डिजिटल काटासहित सुरेश बोहरालाई मंगलबार दिउँसो पक्राउ गरेको छ।

त्यसैगरी, धनगढी उपमहानगरपालिका–१७ बाट ३१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २५ वर्षीय सुरेश चौधरी पक्राउ परेका छन्।

यस्तै, कैलारी गाउँपालिका–७ हौसलपुरबाट २४ ग्राम ४०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित भारतको लखिमपुर खिरी बेलापर्शुवा निवासी ४७ वर्षीय हरिचन्द्र कठरिया पक्राउ परेका छन्।

टिकापुर नगरपालिका–७ डाँडाबनबाट ८ ग्राम ७३० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र ५७० मिलिग्राम चरेश जस्तो देखिने कालो पदार्थसहित टिकापुर नगरपालिका–२ राजिपुरका ३३ वर्षीय सञ्जय नगार्जीसहित चार जना पक्राउ परेका छन्। उनीहरूलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

यसैगरी, लम्कीचुहा नगरपालिका–४ भल्काबाट २ ग्राम ११० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ३१ वर्षीय गणेश थापा पक्राउ परेका छन्।

प्रहरीले शंकाका आधारमा चेकजाँच गर्दा लागूऔषध बरामद भएको जनाएको छ। उनीहरुलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...