सुदूरपश्चिमको कानुन मन्त्रालयका सचिवमाथि माओवादी कार्यकर्ताको ट्याग, जिम्मेवारीबाट हटाइए

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लिलाधर सुवेदीको जिम्मेवारी खोसिएको छ ।

माओवादी कार्यकर्ताले जस्तै सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेख्ने र कानुन मन्त्री हिरा सार्कीलाई असहयोग गर्दै मन्त्रालउमा दादागिरी चलाएका सचिव सुवेदीको जिम्मेवारी खोसिएको हो ।

tourism

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनलाई जिम्मेवारी मुक्त गर्दै राजेन्द्र कुमार हमाललाई नयाँ सचिवका रुपमा पठाएको छ । सुवेदीलाई भने मुख्यमन्त्री कार्यालयमै फिर्ता गरिएको छ ।

आफ्नो फेसबुकमा सहसचिव नेपाल सरकार तथा पोखरा महानगरपालिकाको हुनेवाला प्रमुख(मेयर) लेखेका सुवेदीले सरकार विरोधी स्टाटस लेख्दै आएका छन् । उनका स्टाटसले उनी सरकारका सहसचिव हुन् की माओवादी कार्यकर्ता भन्नेमा प्रश्न उठेपछि विवाद भएको थियो ।

सामाजिक सञ्जालमा सरकार विरोधी कुरा गर्ने सुुवेदीले मन्त्रीलाई असहयोग गर्ने, कर्मचारीहरुलाई अमिल्दो व्यवहार गर्ने तथा काम नगरि बस्ने गरेकाले जिम्मेवारीबाट हटाएको सरकारले जनाएको छ ।

सुवेदी सचिव रहेको कानून मन्त्रालयले ८ महिनामा कुुल बजेटको १० प्रतिशत मात्र बजेट खर्च गर्नुले पनि यो तथ्यलाई पुष्टि गरेको छ ।

सुदूरपश्चिमको कानुन मन्त्रालयका सचिव सरकार विरोधी स्टाटस लेख्या लेख्यै, के माओवादी कार्यकर्ता हुन् ?

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...