कैलाली–कञ्चनपुरमा भन्सार छलीको अबैध सामान बरामद

cp new add
Nisharg hospital
suchana

धनगढी । कैलाली र कञ्चनपुर जिल्लामा प्रहरीले भन्सार छली गरि भारतबाट ल्याइएका विभिन्न सामग्रीहरू बरामद गरेको छ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ को मिलनचोक, ट्राफिक चौराहा, राष्ट्रिय परीक्षा बोर्ड नजिक तथा मनेहरा क्षेत्रबाट प्रहरीले अन्दाजी ५८ हजार आठ सय बराबरको चिनी, मिश्री, मिठाई, पास्ता, बिडी, सुर्ती लगायतका सामग्रीहरू फेला पारी नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी टोलीको गस्तीका क्रममा ती सामानहरू बेवारिसे अवस्थामा फेला परेका थिए।

यता, कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव र बेलडाँडी गाउँपालिका–३ वैवाहबाट अन्दाजी ४६ हजार नौँ सय बराबरको खेलौना, गहुँ, हाडवेयर सामग्री, किराना लगायतका वस्तुहरू बरामद गरिएको छ। यी सामानहरू पनि प्रहरीको गस्ती टोलीद्वारा वेवारिसे अवस्थामा भेटिएका हुन्।

प्रहरीका अनुसार यी सामानहरू भारतबाट अबैध रूपमा भन्सार छली गरि नेपाल भित्र्याइएको आशंका गरिएको छ। हाल बरामद गरिएको सबै सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

प्रहरीले सीमावर्ती क्षेत्रमा अबैध कारोबार नियन्त्रण गर्न नियमित गस्ती तथा निगरानीलाई अझ कडा बनाइएको जनाएको छ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...