दार्चुलामा सशस्त्र प्रहरीको बेथिति बाहिर ल्याउने हवल्दार शाहुले सफाइ पाए

Nisharg hospital
Bogtan

२७ असोज, धनगढी । सशस्त्र प्रहरीको ४४ नम्बर गण दार्चुलामा कार्यरत सशस्त्र प्रहरी हवल्दार नरेशसिंह शाहुले सफाइ पाएका छन् । रासन भत्तामा एसपीले अनियमितता गरेको विषयलाई मिडियामा ल्याएका उनलनाई विशेष अदालतले सफाई दिएको हो ।

तर, गणभित्रको हाजिरी विवरण मात्र सार्वजनिक गरेका उनीमाथि हातहतियार र गोलीगठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराइएको झुठो अभियोग लगाइएको थियो ।

kmc
Nast
suklaphata

सशस्त्रको विशेषअदालतबाट सफाइ पाएर नरेश साहु भोलि घर फर्किन लागेको उनका वकिलले जानकारी दिए । श्रीमती दुर्गाले निर्दोश रहेका श्रीमानले सफाइ पाएको खबर सुनेर खुसी लागेको बताइन् । उनले सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिएकी छिन् ।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका प्रमुख, डिआइजी दुर्गाप्रसाद भट्टराइले पनि शाहुले बुधबार मात्रै विशेष अदालतबाट सफाइ पाएको पुष्टि गरेका छन् ।

नरेश साहु विगत एक वर्षदेखि दार्चुलामा थिए। २०६० वैशाखदेखि सशस्त्र प्रहरीमा कार्यरत उनी एक वर्षपछि पेन्सन जाने तयारीमा थिए । तर, ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई मिडियामा ल्याउँदा उनी जेल पुगेका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...