press
po

एमालेसँग तत्काल पार्टी एकताको सम्भावना छैन : प्रचण्ड

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन् ।

sanjiwan
Nisharg

नेकपाको राष्ट्रिय जागरण अभियान शुभारम्भका अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले इतिहास, पृष्ठभूमि र विगतका विषयमा समीक्षा नगरी एमालेसँग एकता हुन नसक्ने बताएका हुन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

‘विचार मिल्नेसँग मिल्न डराउँदैनौँ भन्नुको अर्थ सबैसँग मिलिहाल्छौँ भनेको होइन । एमालेसँग तत्काल पार्टी एउटै हुने सम्भावना छैन,’ उनले भने ।

HAMRO DAIRY

प्रचण्डले आफूहरू विगतका गल्ती स्वीकार गर्न तयार भए पनि एमाले अध्यक्ष केपी शर्मा ओली त्यसका लागि तयार नभएको आरोप लगाए । कांग्रेस र एमालेको गठबन्धनले देशमा दुर्घटना निम्त्याउने आफूहरूको भनाइ सही साबित भएको उनको दाबी थियो ।

ओली नेतृत्वको पार्टी र आफ्नो पार्टीबीच के फरक छ भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध लड्ने गरेको तर भ्रष्टाचारलाई संरक्षण गर्ने पार्टीसँग आफूहरूको तुलना गर्न नमिल्ने बताए ।

उनले विगतको माओवादी नेपाली कम्युनिस्ट पार्टीभित्रै रहेको दाबीसमेत गरे । साथै, बालेन शाह नेतृत्वको वर्तमान सरकारले जनताका अपेक्षा पूरा गर्न नसक्दा जनतामा निराशा बढेको उनको भनाइ थियो ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...