press
po

व्यक्तिगत आरोप र चरित्रहत्याबाट बच्न नेकपाको निर्देशन

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नेता तथा कार्यकर्तालाई व्यक्तिगत आरोप, चरित्रहत्या, अपुष्ट सूचना र तथ्यहीन प्रचारबाट बच्न निर्देशन दिएको छ ।

sanjiwan
Nisharg

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हालै जारी गरेको सर्कुलरमा पार्टीको प्रचार तथा डिजिटल सञ्चार प्रणाली व्यवस्थित बनाउन निर्देशन दिइएको हो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

पार्टीले सञ्चालन गर्ने दुईमहिने अभियानलाई प्रभावकारी बनाउन प्रत्येक तहले आधिकारिक डिजिटल सञ्चार माध्यम सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । अभियानका निर्णय, कार्यक्रम, गतिविधि, उपलब्धि तथा जनसरोकारका विषय नियमित रूपमा सम्प्रेषण गर्न पनि भनिएको छ ।

HAMRO DAIRY
Nav

सामाजिक सञ्जाल, वेबसाइट, डिजिटल बुलेटिनलगायत माध्यमको प्रभावकारी उपयोग गर्ने, तथ्यहीन तथा भ्रमपूर्ण सूचनाको तथ्यका आधारमा खण्डन गर्ने र पार्टीका आधिकारिक सामग्री एकरूपता तथा विश्वसनीयताका साथ सार्वजनिक गर्न सर्कुलरमा उल्लेख छ ।

अभियानका सबै कार्यक्रम शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक विधिअनुसार सञ्चालन गर्न निर्देशन दिँदै पार्टीले जनताको विश्वास, सम्मान र गोपनीयता कायम राख्न पनि आग्रह गरेको छ ।

त्यस्तै, अभियानका नाममा व्यक्तिगत आर्थिक लाभ लिने वा अनुचित प्रभाव प्रयोग गर्ने कार्य नगर्न तथा पार्टीको आधिकारिक निर्णय र निर्देशनबाहेक संवेदनशील राजनीतिक विषयमा अनधिकृत अभिव्यक्ति नदिन भनिएको छ ।

महिला, दलित, जनजाति, मधेसी, अल्पसङ्ख्यकलगायत सबै समुदायप्रति सम्मानजनक व्यवहार गर्न र पार्टीको नीति, विधान तथा संगठनात्मक अनुशासनविपरीतका गतिविधिबारे सम्बन्धित तहलाई जानकारी गराउन पनि नेकपाले निर्देशन दिएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...