उत्तरकोरियाले गर्यो लामो दूरीका दुई वटा क्षेप्यास्त्र परीक्षण

Nisharg hospital

२८ असोज, काठमाडौं । उत्तरकोरियाले लामो दूरीका दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको छ ।

यो परीक्षण रणनीतिक आणविक हतियारको सञ्चालनका लागि तैनाथ गरिएका लामो दूरीका क्षेप्यास्त्रको क्षमता बढाउने उद्देश्यले गरिएको कोरियाली केन्द्रीय समाचार समितिले जनाएको छ ।

Navjiwan hospital adv

उत्तरकोरियाली नेता किम जोङले परीक्षणको परिणामप्रति सन्तुष्टि जनाउँदै राष्ट्रिय सेनाको अथक प्रयास र आणविक क्षमता विकास गर्न उनीहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा समेत गरेका छन ।

अमेरिका, दक्षिणकोरिया र जापानले हालै गरेको संयुक्त सैन्य अभ्यासको प्रतिक्रियास्वरूप प्योङयाङले लामो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको हो । उत्तरकोरियाली नेता किमले विगत केही दिनदेखि देशको रणनीतिक आणविक सञ्चालन एवम् प्रशिक्षणका निम्ति निर्देशन दिएका थिए ।

देशको अज्ञातस्थलमा ती क्षेप्यास्त्र परीक्षण गरिएका हुन । यो परीक्षणले कोरियाली प्रायद्वीपमा तनाव बढाएको छ । उत्तरकोरियाले जापान, दक्षिणकोरिया, संयुक्त राज्य अमेरिकालगायत देशले क्षेप्यास्त्र तथा अन्य आणविक हतियार विकास नगर्न गरेको अनुरोधलाई वेवास्ता गर्दै आएको छ ।

 

याे पनि हेर्नुस्
Loading...