पकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनी पक्राउ

cp new add
Nisharg hospital

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले खानका तीनैजना दिदी बहिनीहरूलाई पञ्जाब प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

पार्टी प्रवक्ता जुल्फी बुखारीले प्रहरीले इमरान खानका बहिनीहरू, भान्जा–भान्जी र बालबालिकाहरूलाई समेत आफ्नो नियन्त्रणमा लिएको बताए । यद्यपि, पछि बालबालिकाहरूलाई भने रिहा गरिएको बताइएको छ ।

पीटीआई का सूचना सचिव शेख वकास अकरमले अलिमा खान, डा. उज्मा खान र नुरिन खानलाई लाहोरबाट गिरफ्तार गरी पछि कोट लखपत जेल पठाइएको बताए । उनीहरूले तीनैजनालाई पञ्जाबको ‘मेन्टेनेन्स अफ पब्लिक अर्डर’ कानुनअन्तर्गत हिरासतमा राखिएको बताए ।

दस्तावेजहरूका अनुसार, लाहोरका डेपुटी कमिसनरले आइतबार छुट्टाछुट्टै आदेश जारी गर्दै तीनैजनालाई ३० दिनसम्म नजरबन्दमा राख्न स्वीकृति दिएका थिए । यस विषयमा पञ्जाब प्रहरीका तर्फबाट भने कुनै आधिकारिक प्रतिक्रिया बाहिर आएको छैन ।

पीटीआईले सेप्टेम्बर २७ मा देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ । इमरान खान अगस्ट २०२३ देखि जेलमा छन् । पूर्वक्रिकेट कप्तानसमेत रहेका खान र उनकी पत्नीलाई गत वर्ष भ्रष्टाचारको एउटा मुद्दामा १७ वर्ष कैदको सजाय सुनाइएको थियो, जसलाई उनीहरू दुवैले अस्वीकार गर्दै आएका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...