चार दिनदेखि सम्पर्क विहिन रहेका कैलालीका रोकाया मृत भेटिए

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । तामा खोज्न जङ्गल गएका कैलालीको बनबेहडाका टेक बहादुर रोकाया सम्पर्क विहिन भएको ४ दिन पछि मृत फेला परेका छन्।

गौरीगंगा नगरपालिका–६ बनबेहडा बिजयनगर टोलका २८ वर्षीय रोकाया तामा (बासकल्ला) खोज्न गएका बेला यही साउन १० गतेदेखि सम्पर्कविहीन भएका थिए।

बिहान ८ बजे घरदेखि तामा खोज्न दुई जना अन्य व्यक्ति सँगै निस्किएका रोकाया चुरे गाउँपालिका–४ को तल्ला रौला जङ्गलबाट सम्पर्क विहीन भएकोमा मंगलवार सोही ठाउँमा मृत फेला परेका हुन।

चुरे गाउँपालिका–४ पनेरुवा शिविर माथी सिताखाली खोलामा घोप्टो परेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दले बताए।

 

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...