२५ असार, धनगढी । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा नेकपा एमालेका दलबहादुर साउद विजयी भएका छन् । प्रतिद्धन्द्धी नेपाली कांग्रेसका मोहनबहादुर बुढालाई पराजित गर्दै साउद विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
साउद ५ सय ४८ मत ल्याएर विजयी हुदा कांग्रेसका बुढाले ४ सय ८१ मत प्राप्त गरेका छन् । बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा पनि नेकपा एमालेकै उम्मेदवारले अग्रता लिएका छन् ।