
२९ असोज, धनगढी । प्रतिनिधिसभा निर्वाचनमा मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले आफैँलाई भोट हाल्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।

त्यस्ता उम्मेदवारले प्रत्यक्षमा मात्र नभइ समानुपातिकमा समेत मतदान गर्न नपाउने भएका छन ।
सुदूरपश्चिममा यस्ता उम्मेदवारमा सागर ढकाल पनि रहेका छन । ढकालले आफूलाई मत हाल्न पाउने छैनन ।

गुल्मीका सागर डडेल्धुराबाट उठेका छन । ढकाल प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासंग प्रतिस्प्रधा गर्ने छन ।
