टर्कीको कोइला खानीमा विष्फोट हुँदा २५ जनाको मृत्यु

Seti
arth ok

२९ असोज, काठमाडौं । टर्कीको एक कोइला खानीमा विष्फोट भएको छ ।

Nisharg hospital

विष्फोटमा करिब मृत्यु हुनेको संख्या २५ रहेको बताइएको छ ।
बार्टिनको अमासरा शहरमा रहेको उक्त खानीमा शुक्रबार राति ज्वलनशील ग्याँसका कारण विष्फोट भएको जनाइएको छ ।

विष्फोटका बेला खानीमा एक सय १० जना कामदार रहेका थिए । यस विष्फोटमा करिब २८ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएको छ ।

HPV

कोईला खानीमा ५० जना भन्दा बढी कामदार फसेका बताइएको छ । फसेका कामदारलाई बाहिर निकाल्ने क्रम जारी राखिएको टर्कीको गृह मन्त्रालयले जनाएको छ ।

सन् २०१४ मा पनि टर्कीकै मानिसा प्रान्तमा भएको कोइला खानी विष्फोटमा ३ सय १ जनाको मृत्यु भएको थियो ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...