महिला क्रिकेटमा एपीएफ सेमिफाइनलमा प्रवेश

kmc
suklaphata

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशाला क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा मधेश प्रदेशलाई २७ रनले पराजित गर्दै एपीएफ एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर १०१ रन बनाएको थियो ।
लगातार तीन खेल जितेको एपीएफ ६ अंकसहित समूह ए को शीर्ष स्थानमा छ । एपीएफले यसअघि बागमती र गण्डकी प्रदेशलाई पराजित गरेको थियो । एपीएफ  समुहले  अन्तिम खेल सुदुरपश्चिमसँग आइतबार खेल्नेछ ।
एपीएफको जितमा नेरी थापाले उत्कृष्ट बलिङ सहित अलराउण्ड प्रदर्शन गरिन् । उनले ब्याटिङमा १२ रन बनाउँदा बलिङमा ३ विकेट लिइन् ।
नेरीले कसिलो बलिङ गर्दा १०२ रनको लक्ष्य पछ्याएको मधेश प्रदेशले २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो ।
मधेशका लागि कप्तान कविता गौतम र सरस्वती कुमारीले समान १३ रन बनाए ।
एपीएफका लागि नेरीले ४ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर ३ विकेट लिइन् । सुमन विष्ट, इन्दु वर्मा, सुस्मा श्रेष्ठ र सरिता मगरले समान १ विकेट लिए ।

एपीएफका लागि ममता चौधरीले अविजित रहँदै सर्वाधिक १७ रन बनाइन् भने राजमती ऐरीले १६ र ज्योती पाण्डेले १५ रन बनाइन् ।
नेरी थापाले १२ रन जोडिन् । बलिङमा मधेशका लागि सरस्वती कुमारीले २ तथा कविता गौतम र शान्ती चौधरीले २–२ विकेट लिइन् ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...