खाडलमा गाडिएको अवस्थामा किशोर–किशोरीको शव भेटियो

Nisharg hospital

३० असोज, दाङ । दाङमा एउटै खाडलमा गाडिएको  अवस्थामा किशोर–किशोरी शव फेला परेको छ ।

swostik

तुलसीपुर उपमहानगरपालिका– १३ दमार गाउँको जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको आइतबार जंगलमा गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए ।

वडा अध्यक्ष मोहन पौडेलका अनुसार उनीहरु तीन दिनअघि (असोज २७ गते) साँझ घरबाट हराएका थिए ।
घटना शंकास्पद भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...