

धनगढी । धनगढीमा हाेटलमा जुवातास खेलिरहेकाे अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेकाे छ ।
धनगढी उपमहानगरपालिका–५ हसनपुरमा रहेकाे राेहित हाेटलमा जुवातास खेलिरहेको सूचनाका आधारमा पुगेकाे प्रहरीले छापा हानेर १० जनालाई नगदसहित पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा होटल सञ्चालक ४२ वर्षीय कालुराम चौधरी, ३८ वर्षीय बिरेन्द्र थापा, २४ वर्षीय रोहित खड्का, २० वर्षीय क्रिस बम, ३३ वर्षीय पदम ठकुल्ला, २९ वर्षीय अनिल चौधरी, ५१ वर्षीय बिरु साउद, ४१ वर्षीय टिकाराम खनाल, ४३ वर्षीय रामकृष्ण चौधरी र १८ वर्षीय बिबेक साउद रहेका छन् ।
उनीहरूलाई वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक बलराम पाण्डेयको नेतृत्वमा खटिएको टाेली हाेटलमा छापा हानेकाे थियाे ।
राति साढे ८ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएकाे थियाे ।उनीहरूको साथबाट नगद ५९ हजार २९० रुपैयाँ र एक गड्डी तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले बताए ।
उनीहरूलाई नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भइरहेको तिमिल्सिनाले बताए ।

