चौकीमा पुग्ने साधारण मान्छेलाई प्रहरीले छिटोछरितो सेवा दिनुपर्छ : मुख्यमन्त्री भट्ट

cp new add
Nisharg hospital

३१ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल प्रहरीले अपराध नियन्त्रणसँगै सर्वसाधारणलाई छिटोछरितो सेवा प्रवाह गर्नमा ध्यान दिनुपर्ने बताएका छन् ।

Telecome

६७ औँ प्रहरी दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले प्रहरीको अपराध अनुसन्धानको कामलाई आधुनिक तरिकाले अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री भट्टले प्रविधिको विकाससँगै अपराध पनि नयाँ किसिमले भइरहेको उल्लेख गर्दै अनुसन्धानलाई समेत आधुनिक तरिकाले गर्नुपर्ने औल्याए । सोहीअनुसार स्रोत साधनको व्यवस्थापन गर्न पनि आवश्यक रहेको उनको भनाइ छ ।

‘अहिलेको युगमा अपराध नयाँ तरिकाले भइरहेका छन् । प्रहरीले पनि ती अपराध नियन्त्रणका लागि आधुनिक तरिकाले अनुसन्धानको काम गर्नुपर्छ, सभ्य समाज निर्माणमा सबैले सहयोग गर्नुपर्छ,’ भट्टले भने । प्रहरी चौकीमा मुद्दा वा कुनै गुनासो लिएर पुग्ने साधारण व्यक्तिले प्रहरीले छिटोछरितो काम गरोस् भन्ने अपेक्षा राख्ने गरेको उनको भनाई थियो ।

‘प्रहरी चौकीमा साधारण व्यक्ति आएर मुद्दा दिन्छ अथवा सहयोग माग्छ भने छिटोछरितो रुपमा सेवा दिनुपर्छ,’ उनले भने, ‘समान्य मान्छेको चाहाना चाडो सेवा मिलोस् भन्ने नै हुन्छ ।’

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...