जिप्रका बाजुरा सुदूरपश्चिमकै सर्वोत्कृष्ट बन्यो

cp new add
Nisharg hospital

धनगढी । जिल्ला प्रहरी कार्यालय बाजुरा सुदूरपश्चिमकै सर्वोत्कृष्ट घोषित भएको छ। आर्थिक वर्ष २०८२/ ८३ को कार्य सम्पादन मूल्यांकनमा बाजुरा सर्वोत्कृष्ट बनेको हो ।

प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालयबीचको वार्षिक कार्यसम्पादन सम्झौताअनुसार एक वर्षको कार्यप्रगति समीक्षा गर्दा बाजुरा प्रहरीले उच्चतम अंक हासिल गरेको हो।

बाजुरा प्रहरीका कमान्ड प्रहरी नायब उपरीक्षक(डीएसपी) शैलेश्वरी बोहराले गरिरहेकी छन् ।

शुक्रबार धनगढीमा आयोजित समीक्षा कार्यक्रममा तोकिएको लक्ष्य हासिल गरेको भन्दै बाजुरा प्रहरीलाई उत्कृष्ट घोषणा गरिएको हो। कार्यक्रममा चालु आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश प्रहरी प्रमुख र मातहतका कार्यालय प्रमुखबीच वार्षिक कार्यसम्पादन सम्झौतासमेत गरिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...