धनगढीमा सडकमा राेकिएकाे ट्रकसँग माेटरसाईकल ठाेक्किदा दुई युवककाे मृत्यु

cp new add
Nisharg hospital

धनगढी । धनगढीमा सडकमा रोकिएको ट्रकसँग मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

Nast Ad

धनगढी उपमहानगरपालिका–७ जेपी चोकस्थित सडक किनारमा राेकिएकाे सुपप्र ०१-००१ क १६९० नम्बरको ट्रकमा से ५ प ३४१४ नम्बरको मोटरसाइकल ठाेक्किदा भएको दुर्घटनामा दुई जनाकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जाेराले दुर्घटनामा मोटरसाईकल चालक धनगढी उपमहानगरपालिका–१२ बस्ने १८ वर्षीय अनिस सिंह र पछाडि सवार १९ वर्षीय गणेश कुँवरकाे मृत्यु भएको बताए ।

उनकाअनुसार गम्भीर अवस्थामा उद्दार गरेर सेती प्रादेशिक अस्पताल पुगाइएकाेमा दुवै जनाकाे उपचारकै क्रममा मृत्यु भएको हाे । उनीहरूकाे शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

ट्रक र चालक चुरे गाउँपालिका-३ बस्ने २९ वर्षीय प्रकाश सिंहलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएकाे छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...